BIZMANDU
www.bizmandu.com

तिहार नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)

२०८३ कात्तिक १९

तिहार नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
तिहार नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)


काठमाडौं। तिहार नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा चहलपहल बढेको छ।

GBIME
Tata

पर्वलाई लक्षित गर्दै किनमेल गर्नेहरूको उपस्थिति बजारमा देखिन थालेको हो। इन्द्रचोक, असन र न्यूरोड क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न आउने ग्राहकको आवागमन बढेको छ।

बजारमा तिहारका लागि आवश्यक सामग्रीले पसलहरू भरिएका छन्। फूलमाला, दियो, पाला, भाइमसला, मिठाई, ओखर र भाइटीकाका सामग्रीमा धेरैको चासो देखिन्छ।

त्यस्तै, नयाँ लत्ताकपडा, गरगहना, चाँदीका भाँडा तथा अन्य उपहार सामग्री किन्न पनि मानिसहरू बजार पुगेका छन्।

व्यापारीहरूले तिहारलाई लक्षित गरी विभिन्न सामग्री बिक्रीका लागि सजाएर राखेका छन्।

बजारमा किनमेलको वातावरण बने पनि भीडभाड भने विगतका वर्षहरूको तुलनामा कमै देखिएको छ। विशेषगरी इन्द्रचोक, असन र न्यूरोडमा मानिसहरूको आवागमन देखिए पनि बजारमा पहिलेझैँ बाक्लो भीड छैन।

तिहार आउन केही दिन बाँकी रहेकाले आगामी दिनमा ग्राहकको चाप थप बढ्ने अपेक्षा गरिएको छ। काठमाडौंका बजारमा तिहारको रौनक क्रमशः थपिँदै गएको छ।