काठमाडौं। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजनविक्रम थापाले जिम्मेवारी सम्हालेका छन्। उनले सरकारले नियुक्त गरेको भोलिपल्ट बिहीबार जिम्मेवारी सम्हालेका हुन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई बुधबार राति नै अर्थ मन्त्रालयमा बोलाएर शपथ गराएका थिए।
नवनियुक्त अध्यक्ष थापाले पदबहालीका क्रममा बीमा क्षेत्रका अप्ठेरा फुकाउने बताएका छन्। उनले आन्तरिक अनुशासन र पदीय आचरण सम्बन्धी पहिलाे निर्णय गरेका छन्।
प्राधिकरणमा एमाले नेतृत्वको सरकारका पालामा २०८१ फागुनमा अध्यक्ष नियुक्त भएका शरद ओझा पोहोर भदौ २ गते बर्खास्त भएका थिए। त्यसपछि चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले सचिव चन्द्रकला पौडेललाई गत माघ १२ गते अध्यक्षको जिम्मेवारी दिएका थिए।