BIZMANDU
www.bizmandu.com

आँखुखोला जलविद्युत कम्पनीले दुधकोशी-२ आयोजनामा १०० करोड रुपैयाँ लगानी गर्ने

२०८३ कात्तिक १९

आँखुखोला जलविद्युत कम्पनीले दुधकोशी-२ आयोजनामा १०० करोड रुपैयाँ लगानी गर्ने
आँखुखोला जलविद्युत कम्पनीले दुधकोशी-२ आयोजनामा १०० करोड रुपैयाँ लगानी गर्ने


काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा १०० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लगानी र प्रतिफलको हिसाबले उपयुक्त देखिएको भन्दै ७० मेगावाट क्षमताको आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

‘आयोजनाको विस्तृत परियोजना विवरणमाथि अध्ययन गर्दा आयोजना लगानी र प्रतिफलको हिसाबले उपयुक्त देखिएकाले १०० करोड सम्म अंकित मूल्यमा लगानी गर्ने सैद्धान्तिक निर्णय भएको व्यहोरा धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ बमोजिम जानकारीका लागि अनुरोध छ,’ कम्पनीले बिहीबार नेप्सेलाई लेखेको पत्रमा भनिएको छ।

आयोजना दुधकोशी हाइड्रोपावर प्रालिले प्रवर्धन गर्न लागेको हो।

आँखुखोला जलविद्युत कम्पनीले लगानी जुटाउनका लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिले यसअघि लगानी सम्झौता गरेका लगानी गर्ने सैद्धान्तिक सहमति गरेका र अन्य आयोजनामा लगानी गर्न चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब रुपैयाँ छ।

निर्णयसँगै कम्पनीले हकप्रद सेयर जारी गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेस गर्नेछ।