BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८३ कात्तिक १९

आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

GBIME
Tata

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी, तराईका भू-भाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।