BIZMANDU
www.bizmandu.com

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी नियुक्त

२०८३ कात्तिक १८

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी नियुक्त
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी नियुक्त


काठमाडौं। सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पीताम्बर भण्डारीलाई नियुक्त गरेको छ।

GBIME
Tata

मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन मन्त्री वाग्लेले निर्देशन समेत दिए।