BIZMANDU
www.bizmandu.com

हकप्रद सेयरमा सरकारले लगानी गर्ने भएपछि नेपाल रि-इन्स्योरेन्समा पोजेटिभ सर्किट

२०८३ कात्तिक १८

हकप्रद सेयरमा सरकारले लगानी गर्ने भएपछि नेपाल रि-इन्स्योरेन्समा पोजेटिभ सर्किट
हकप्रद सेयरमा सरकारले लगानी गर्ने भएपछि नेपाल रि-इन्स्योरेन्समा पोजेटिभ सर्किट


काठमाडौं। नेपाल रि-इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बुधबार प्रिओ‌पनिङमै उकालो लागेको कम्पनीको सेयर मूल्यमा केही समयमै पोजेटिभ सर्किट लागेको हो।

GBIME
Tata

पोजेटिभ सर्किटपछि इन्स्योरेन्सको भाउ प्रति कित्ता ९२१.७० रुपैयाँ पुगेको छ। बुधबार प्रति कित्ता ८४१ रुपैयाँमा कम्पनीको सेयर कारोबार खुलेको थियो।

सरकारले कम्पनीको पुँजी वृद्धिका लागि लगानी गर्ने भएसँगै सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रि-इन्स्योरेन्समा हकप्रद सेयर बापत थप लगानी गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको थियो।

नेपाल रि-इन्स्योरेन्सको चुक्ता पुँजी अहिले १३ अर्ब ४२ करोड रुपैयाँ रहेकामा त्यसमध्ये ४४.०४ प्रतिशत लगानी सरकारको हो। इन्स्योरेन्सले २० अर्ब रुपैयाँ पुँजी कायम गर्न बाँकी रकम हकप्रद सेयर निष्कासन गरी जुटाउने निर्णय यसअघि नै गरिसकेको छ।