BIZMANDU
www.bizmandu.com

अमेरिकामा डेमोक्रेटले नियन्त्रणमा लियो कंग्रेस, ट्रम्पको नीतिलाई सदनमा अब थपियो चुनौती

२०८३ कात्तिक १८

अमेरिकामा डेमोक्रेटले नियन्त्रणमा लियो कंग्रेस, ट्रम्पको नीतिलाई सदनमा अब थपियो चुनौती
President Donald Trump speaks during the RNC Midterm Convention, Wednesday, Sept. 9, 2026, at the American Airlines Center in Dallas. (AP Photo/Jacquelyn Martin)


अमेरिकामा भएको मध्यावधि निर्वाचनमा डेमोक्रेट पार्टीले हाउस अफ कंग्रेसमा पनि नियन्त्रण पाएको छ। हिजो भएको मतदान पछि डेमोक्रेटहरुले कंग्रेसको दुवै सदनमा बहुमत हासिल गरेको हो।

GBIME
Tata

डेमोक्रेटले हाउस अफ रिप्रिसेन्टेटिभ र सिनेटमा बहुमत हासिल गरेको बीबीसीले जनाएको छ। रिपब्लिकन पार्टीले सो जतिको सिट जित्न नसकेको बताइएको छ।

मतदानको अन्तिम परिणाम भने सार्वजनिक भएको छैन।

यो अभिमतलाई मतदाताहरुले अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पको नीतिलाई अस्वीकार गरेको भन्दै व्याख्या गरिएको छ।

कंग्रेसमा नियन्त्रण जमाएसँगै अब डेमोक्रेटहरुले अबको दुई वर्ष ट्रम्पको नीतिहरुलाई सदनबाट रोक्न सक्नेछन्।