BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्दै

२०८३ कात्तिक १८

राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्दै
राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्दै


काठमाडौं। राष्ट्र बैंकले तिहारका लागि सुन र चाँदीको सिक्का बिक्री गर्दैछ। बिहीबारदेखि सर्वसाधारणमा सुन र चाँदीको सिक्का बिक्री गर्ने भएको हो।

GBIME
Tata

राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन सिक्का बिक्री गर्न लागेको जनाइएको छ।

प्रति व्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १/१ थानका दरले (बढीमा दुई थान मात्र) खरिद गर्न पाइनेछ।

सिक्का बिहीबार र शुक्रबार (कात्तिक १९ र २० गते) बिहान ११ देखि दिउँसो ३ बजेसम्म बिक्री गरिने जनाइएको छ। 

असर्फी तथा मेडालियन खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि हुनुपर्ने जारी सूचनामा उल्लेख छ।

असर्फी तथा मेडालियन खरिदका लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ।

असर्फी तथा मेडालियनको मूल्य दैनिक रुपमा बिहानको करिब ११ बजे पश्चात् निर्धारण हुने भएकोले मूल्य निर्धारणपछि बिक्री सुरु गरिने राष्ट्र बैंकले जनाएको छ।