BIZMANDU
www.bizmandu.com

इन्धन महंगो हुँदा बढ्दै ‘कस्ट अफ लिभिङ’, तेल उत्पादकहरु भने नाफामा

२०८३ कात्तिक १७

इन्धन महंगो हुँदा बढ्दै ‘कस्ट अफ लिभिङ’, तेल उत्पादकहरु भने नाफामा
इन्धन महंगो हुँदा बढ्दै ‘कस्ट अफ लिभिङ’, तेल उत्पादकहरु भने नाफामा


काठमाडौं । पछिल्लो समय इन्धनको मूल्य बढेर त्यसको सिधा असर सर्वसाधारणको जीवनशैलीमा परेको छ। अधिकांश वस्तु महंगिएका छन्। ढुवानी खर्च बढेको छ। हवाई यात्रा पनि महंगो बनेको छ। यस्तो अवस्थाबिच तेल कम्पनीहरूले भने नाफा कमाएको रिपोर्ट सार्वजनिक भएको छ।

GBIME
Tata

इन्धन बिक्री गर्ने विश्वका ठूला तेल कम्पनीहरूले भने इतिहासकै उच्च नाफा कमाइरहेको अलजजिराको रिपोर्टमा उल्लेख छ। भर्खरै सार्वजनिक भएको तेस्रो त्रैमासिकको प्रतिवेदनअनुसार अमेरिकाका मुख्य तीन ठूला तेल कम्पनीहरूले मात्रै ३६ अर्ब डलरभन्दा बढी नाफा कमाएका छन्।

एक्सन मोबाइलले दोब्बरभन्दा बढी नाफा कमाएको छ भने शेलले पनि लगभग दोब्बर नाफा बनाएको छ। चेभ्रोनको नाफा पनि १८० प्रतिशतले बढेको छ। यी बाहेक अन्य कम्पनीको नाफा पनि बढेको छ।

विश्वभर तेलको तलतलबिच उनीहरूले यो नाफा कसरी कमाए? यसको मुख्य कारण हो खाडीमा बढेको भूराजनीतिक तनाव र युद्ध।

अमेरिकाका ५१ ठूला तेल तथा ग्यास कम्पनीहरूले १३० अर्ब डलरभन्दा बढी खुद नाफा कमाएका छन्। सन् २०२५ को सोही अवधिमा (युद्ध सुरु हुनुअघि) यी कम्पनीहरूको कुल नाफा ४७ अर्ब डलरभन्दा कम थियो।

खाडीका तेल उत्पादकहरू युद्ध र क्षतिले गर्दा घाटामा छन्। र, यही अवस्थामा सुरक्षित स्थानमा रहेका अमेरिकी कम्पनीहरूले महँगो मूल्यमा तेल र प्रशोधित इन्धन बेचेर फाइदा उठाएको अलजजिराको रिपोर्टमा उल्लेख छ।

हेर्नुस् तेल उत्पादकहरुले कमाएको नाफा बारे भिडियो एक्सप्लेनर