BIZMANDU
www.bizmandu.com

लगातार तीन हारले संकटमा पोखरा, एनपीएलको शीर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स

२०८३ कात्तिक १७

लगातार तीन हारले संकटमा पोखरा, एनपीएलको शीर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स
लगातार तीन हारले संकटमा पोखरा, एनपीएलको शीर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स


काठमाडौं। लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनीले पोखरामाथि ८ विकेटको जित निकालेको हो।

GBIME
Tata

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निरीह बलिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले २ विकेट गुमाएर ११.४ ओभरमै लक्ष्य भेट्टायो।

लुम्बिनीलाई लक्ष्यसम्म पुर्‍याउन कप्तान रोहित पौडेलले अविजित ४७ रनको योगदान दिँदा निरोशन डिक्वेलाले पनि अविजित २७ रनकै योगदान दिए। त्यसअघि आशिफ शेखले ७ तथा डार्सी सर्टले १३ रन बनाएका थिए।

ब्याटिङमा रोहित।

बलिङमा पोखराका विपीन खत्रीले मात्रै विकेट लिए।

अर्जुन कुमाल डकआउट हुन पुगे। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

टस हारेर ब्याटिङमा उत्रिएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रनमा समेटिएको हो।

विकेट सेलिब्रेट गर्दै लुम्बिनीका ट्रम्पलमेन।

कमजोर ब्याटिङ गर्ने क्रममा पोखराका ओपनर अर्जुन कुमाल डकआउट हुँदा कप्तान कुशल भुर्तेल पनि १४ रनमै पभेलियन फर्किए। पोखराका लागि चमिका करुणारत्नेले २५ तथा मेहदी हसनले १३ रन र किरण ठगुन्नाले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रननै जोडेनन्।

पोखराको ब्याटिङ संघर्षा

प्रभावशाली बलिङ गर्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिँदा तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र रोहित पौडेलले समान १ विकेट लिए।

लुम्बिनीको विकेट सेलिब्रेसन।

यो सँगै लगातार तीन खेलमा पराजय ब्यहोरेको पोखरालाई प्लेअफको समीकरण अफ्ठेरो बन्दै गएको छ। अर्कोतर्फ ५ अंक बनाएर लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ।