BIZMANDU
www.bizmandu.com

नेपाल बैंकका क्रेडिटकार्डबाहक ग्राहकलाई डाउनपेमेन्टविनै १८ महिनासम्मको किस्ता सुविधा

२०८३ कात्तिक १७

नेपाल बैंकका क्रेडिटकार्डबाहक ग्राहकलाई डाउनपेमेन्टविनै १८ महिनासम्मको किस्ता सुविधा
नेपाल बैंकका क्रेडिटकार्डबाहक ग्राहकलाई डाउनपेमेन्टविनै १८ महिनासम्मको किस्ता सुविधा


काठमाडौं। नेपाल बैंकका क्रेडिटकार्डबाहक ग्राहकले ‘बाइ नाउ पे ल्याटर’ (वानबीएनपीएल) प्लेटफर्ममार्फत सामान किन्दा डाउनपेमेन्टविनै किस्ताबन्दीको सुविधा पाउने भएका छन्।

GBIME
Tata

यस सम्बन्धमा बैंक र वानबीएनपीएल प्लेटफर्म सञ्चालन गर्ने फिनटेक कम्पनी फिनतारा सोलुसन्सबीच सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका क्रेडिट कार्डबाहक ग्राहकले वानबीएनपीएलमार्फत वस्तु तथा सेवा खरिद गर्दा शून्य डाउनपेमेन्टमा ३ देखि १८ महिनासम्मको सहज किस्तामा भुक्तानी गर्न सक्नेछन्।

वानवानबीएनपीएलको सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट तथा होलिडे प्याकेज प्रदायकलगायत १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन्।

फिनतारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष शर्माले देशभर ठूलो ग्राहक आधार भएको सरकारी बैंकसँग सहकार्यले वानबीएनपीएलमार्फत वस्तु तथा सेवा खरिद बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।