काठमाडौं। विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगरले जनकपुरमाथि अन्तिम बलमा पुगेर २ रनको जित निकालेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगर ७ विकेट गुमाएर १७२ रनमा समेटियो।

रोमाञ्चक बनेको खेलको अन्तिम बलमा जनकपुरलाई ३ रन चाहिएको थियो। एउटा बाउन्ड्री उसलाई जितका लागि पर्याप्त थियो। तर, विराटनगरका बलर आन्द्रे रसेलले स्लोअर बलिङ गर्दै सैफ हसनलाई बसीर अहमदबाट क्याचआउट गराए। र, खेल विराटनगरले जित्यो।

१७५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरका सैफ हसनले सर्वाधिक ७१ रन बनाउँदा विशाल सुस्लिङले ४३ तथा जिम्मी निशमले २७ रन बनाए। बलिङमा विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिँदा एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए।
आजको खेलमा प्लेयरअफदी म्याच बनेको रसेलको प्रदर्शन ब्याटिङमा पनि उत्तिकै प्रभावशाली रह्यो।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर बलिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो ओभरमै ओपनर शेहान जयसूर्यालाई गुमाए पनि इमरान शेख र लोकेश बम मिलेर इनिङ्स उकासे। यी दुईले १०७ रनको साझेदारी गर्ने क्रममा शेखले ५६ तथा बमले ५० रन बनाए। यी दुबै सेट ब्याटरलाई जनकपुरका अभिषेक तिवारीले पभेलियन फर्काए। विराटनगरका लागि तेस्रो शतक बनाए आन्द्रे रसेलले। उनले २९ बलमा २ चौका र ५ छक्काको सहायतामा अविजित ५२ रन बनाए।

बलिङमा अभिषेक तिवारीले २ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए।
जितसँगै विराटनगर ४ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। विराटनगरसँगै कर्णाली, जनकपुर र सुदूरपश्चिमको पनि समान २ अंक छ।
आजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्।