BIZMANDU
www.bizmandu.com

आईपीयूको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा गर्ने प्रस्ताव, सभामुख अर्यालले गरे छलफल

२०८३ कात्तिक १७

आईपीयूको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा गर्ने प्रस्ताव, सभामुख अर्यालले गरे छलफल
आईपीयूको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा गर्ने प्रस्ताव, सभामुख अर्यालले गरे छलफल


काठमाडौं। अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा गर्ने प्रस्ताव गरिएको छ।

GBIME
Tata

आईपूयी र संघीय संसद्को संयुक्त आयोजनामा काठमाडौंमा सम्मेलन गर्ने प्रस्ताव गरिएको हो। सभामुख डीपी अर्यालले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबीकुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, परराष्ट्रमन्त्री शिशिर खनाल, पर्यावरणमन्त्री गीता चौधरीलगायतको उपस्थितिमा सम्मेलन आयोजनाको विषयमा छलफल गरेका छन्।

दिगो विकास, जलवायु परिवर्तन तथा मिथेन ग्यास उत्सर्जन न्यूनीकरणजस्ता समसामयिक विषयलाई केन्द्रमा राखेर सम्मेलन आयोजना गर्ने प्रस्तावमाथि छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

प्रस्तावित सम्मेलनले एसिया प्रशान्त क्षेत्रका सांसदबीच सम्बन्ध विस्तार, संसदीय सहकार्य अभिवृद्धि तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि साझा प्रयासलाई थप सुदृढ बनाउने र जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान र साझा रणनीति निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

छलफलमा सभामुख अर्यालले गत असोज १९ देखि २३ गतेसम्म तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औं महासभामा नेपालको सहभागिताबारे जानकारी गराएका थिए।