BIZMANDU
www.bizmandu.com

सेयर बजार ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा, ५ अर्ब ६५ करोडको किनबेच

२०८३ कात्तिक १७

सेयर बजार ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा, ५ अर्ब ६५ करोडको किनबेच
सेयर बजार ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा, ५ अर्ब ६५ करोडको किनबेच


काठमाडौं। सेयर बजार अन्तिममा ६.६२ अंकले उकालो लागेर बन्द भएको छ। सूचक मंगलबार २६६४.१३ विन्दुमा पुगेको छ। फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

GBIME
Tata

मंगलबार बजारमा १४३ कम्पनीको सेयर मूल्य बढेको छ। शिखर पावर डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ५.९४ प्रतिशले बढेको छ।

१२२ कम्पनीको सेयर मूल्य घटेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सबैभन्दा धेरै ५.०४ प्रतिशतले घटेको छ।

सूचक बढे पनि सेयर कारोबार रकम घटेको छ। सोमबार ७ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार घटेर ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

बजारमा ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै २३ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, बुटवल पावर कम्पनीको १९ करोड ४४ लाख र कुमारी बैंकको १९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।