काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको दोस्रो मुद्दा दायर भएको छ।
पतञ्जली जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट नै हदबन्दी छुट दिएर जग्गा दिएको मुद्दा टुंगिन नपाउँदै उनीविरुद्ध यस्तै प्रकृतिको अर्को मुद्दा मंगलबार दायर भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा विराटनगरको एक सार्वजनिक जग्गामा मन्त्रिपरिषद्बाट नै छुट गराइएको विषयमा मुद्दा दायर भएको हो।
नेपाल कांग्रेसका नेता मीनेन्द्र रिजालसमेतलाई यसमा प्रतिवादी बनाइएको छ। अख्तियार स्रोतका अनुसार ९७ जनालाई प्रतिवादी बनाइएको छ।
अहिले अदालतमा मुद्दा दर्ता भइरहेको छ।