BIZMANDU
www.bizmandu.com

एनपीएल: जनकपुरले टस जित्यो, ब्याटिङमा विराटनगर, यस्तो छ प्लेइङ ११

२०८३ कात्तिक १७

एनपीएल: जनकपुरले टस जित्यो, ब्याटिङमा विराटनगर, यस्तो छ प्लेइङ ११
एनपीएल: जनकपुरले टस जित्यो, ब्याटिङमा विराटनगर, यस्तो छ प्लेइङ ११


काठमाडौं। जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पहिला ब्याटिङको निम्ता दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।

GBIME
Tata

विराटनगरले आफ्नो पहिलो खेल चितवनसँग र दोस्रो कर्णालीसँग गुमाउँदा तेस्रो विवादित खेलमा सुदूरपश्चिमलाई हराएको थियो। अर्कोतर्फ कर्णालीसँग पराजित हुँदै लिगको सुरुवात गरेको जनकपुरले काठमाडौं र पोखरालाई हराइसकेको छ।

विराटनगरसँग आन्द्रे रसेल, एन्जेलो म्याथ्युज जस्ता पक्का विदेशी खेलाडी तथा सन्दीप लामिछाने तथा लोकेश बमजस्ता प्रभावशाली नेपाली खेलाडी छन्। विराटनगरको सदाबहार समस्या भने फिल्डिङमा छ। अर्कोतर्फ जनकपुरले हरमीत सिंहले राम्ररी अघि लगिरहेका छन्। साथमा मोइन अली र जिम्मी निशमको अनुभवले जनकपुर बलियो स्थितिमा छ। नेपाली खेलाडीमा अनिलकुमार साह, तृतराज दास जस्ता खेलाडी छन्। जनकपुरमा अलराउण्डर धेरै हुँदा टिमको सन्तुलनमा समस्या देखिन्छ।

अघिल्लो खेल खेलेका मयन यादवको स्थानमा जनकपुरले विशाल सुस्लिङलाई स्थान दिँदा विराटनगरले प्रतिश जिसीको स्थानमा अपराजित पौडेललाई स्थान दिएको छ।

जनकपुरको प्लेइङ ११

हरमीत सिंह (कप्तान) , जिम्मी निशम, सैफ हसन, मोइन अली, ललित राजवंशी, अनिल साह, विशाल सुस्लिङ, तृतराज दास, अभिषेक तिवारी, राहुल यादव, अमरसिंह रौटेला

विराटनगरको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसीर अहमद, नारायण जोशी, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, शेहान जयसूर्या, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रञ्जनी