BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेनले करिब तीन सातापछि बोलाए मन्त्रिपरिषद् बैठक, आज अपराह्न बस्ने

२०८३ कात्तिक १७

प्रधानमन्त्री बालेनले करिब तीन सातापछि बोलाए मन्त्रिपरिषद् बैठक, आज अपराह्न बस्ने
प्रधानमन्त्री बालेनले करिब तीन सातापछि बोलाए मन्त्रिपरिषद् बैठक, आज अपराह्न बस्ने


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

GBIME
Tata

बालेनले करिब तीन सातापछि मन्त्रिपरिषद्‍को बैठक बोलाएका हुन्। बैठक मंगलबार अपराह्न ३ बजेका लागि तय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

यसअघि मन्त्रिपरिषद् बैठक असोज ३० गते शुक्रबार बसेको थियो। त्यसपछि दसैं बिदा परेकामा सरकारी कार्यालय कात्तिक ९ गते खुलेका थिए।

तर, प्रधानमन्त्री बालेनले अघिल्लो साता मन्त्रिपरिषद् बैठक राखेका थिएनन्। बैठक नराखिएपछि कतिपयले प्रधानमन्त्री बालेन र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच चिसोपना बढेको रुपमा अर्थ्याएका थिए। बालेनले अघिल्लो साता रविलाई उनकै निवासमा पुगेर करिब तीन घण्टा कुरा गरेका थिए।