काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको फेरिचेमा दुई वटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्। आज बिहान ८.१२ बजे अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेलका दुई हेलिकोप्टर एकआपसमा ठोक्किएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले हेलिकोप्टर ठोक्किएको पुष्टि गरे।
उनले हेलिकोप्टरमा रहेका एक जना घाइते भएको र उनलाई लुक्ला ल्याइएको जानकारी दिए।
बिजमाण्डूलाई प्राप्त भिडियोमा ल्यान्डिङ गर्ने क्रममा हेलिकोप्टर एकआपसमा ठोक्किएको देखिन्छ। अवतरणका लागि आएको र अवतरण गरेर घुमाउँदै गरेको हेलिकोप्टर ठोक्किएको देखिन्छ।
दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
हेलिकप्टर ठोक्किएपछि तल अर्को हेलिकोप्टरमा ठूलो क्षति भएको देखिन्छ। हेलिकोप्टर ठोक्किएपछि त्यहाँ चढ्न बसेका यात्रुहरु भागभाग गरेको भिडियोमा देखिन्छ।