BIZMANDU
www.bizmandu.com

सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच राखेर आर्थिक प्रस्ताव हेरफेर, तीन जना पक्राउ

२०८३ कात्तिक १६

सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच राखेर आर्थिक प्रस्ताव हेरफेर, तीन जना पक्राउ
सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच राखेर आर्थिक प्रस्ताव हेरफेर, तीन जना पक्राउ


काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेरको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

GBIME
Tata

नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराल रहेको प्रहरीले जनाएको छ। विभिन्न ठेक्कामा विवरण हेरफेर गरेको आरोप उनीहरूमाथि लगाइएको छ। ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै डकुमेन्ट परिवर्तन गरेको दाबी प्रहरीको छ।

जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर प्रहरीले ढकाल, थापा र बराललाई पक्राउ गरेको हो। जिल्ला अदालतबाट विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।