BIZMANDU
www.bizmandu.com

एनपीएल: चितवनमाथि सुदूरपश्चिमको जित, अंकतालिका यसकारण बन्दैछ रोमाञ्चक

२०८३ कात्तिक १६

एनपीएल: चितवनमाथि सुदूरपश्चिमको जित, अंकतालिका यसकारण बन्दैछ रोमाञ्चक
एनपीएल: चितवनमाथि सुदूरपश्चिमको जित, अंकतालिका यसकारण बन्दैछ रोमाञ्चक


काठमाडौं। सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिमले चितवनलाई हराएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

दीपेन्द्रसिंह ऐरीको गोल्डन डक भए।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ४३ रन बनाउँदा इशान पाण्डेले २५ तथा शेरफेन रुथरफोर्डले अविजित २१ तथा आरिफ शेखले अविजित २० रन बनाए। बलिङमा रञ्जित कुमारले सर्वाधिक ३ तथा रिजन ढकाल र मौसम ढकालले समान १ विकेट लिए पनि सुदूरपश्चिमलाई लक्ष्यमा पुग्न रोक्न सकेनन्।

त्यसअघि सुरुवाती ब्याटिङ गर्दै चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाउँदा डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर रजाले समान १५ रन बनाए। विकेट हातमा रहँदा रहँदै पनि सुस्त ब्याटिङ गरेको चितवन ठूलो स्कोरसम्म पुग्न सकेन।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिँदा हेमन्त धामी, अनिल खरेल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। आज डेब्यु खेलमै चितवनको कप्तानी सिकन्दर रजाले सम्हालिरहेका छन्।

सुदूरपश्चिम केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

योसँगै अंकतालिकामा कडा प्रतिस्पर्धा सुरु भएको छ। शीर्ष तीनमा रहेका कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको समान ४ अंक छ। चौथो र पाँचौँ स्थानका लुम्बिनी लायन्स र चितवन राइनोजको समान ३ अंक छ। छैटौ र सातौँ स्थानका विराटनगर र काठमाडौंको समान २ अंक छ भने पोखरामात्रै अंकविहीन छ। यस्तोमा टोलीहरुले कम्तीमा दुई र बढीमा ४ खेल खेलिसकेका छन्। अंकदुरीको हिसाबले भने सबै टोली नजिक नै रहँदा प्लेअफका लागि चर्को प्रतिस्पर्धा चल्ने देखिन्छ।

मंगलबार पनि एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दा दोस्रोमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्।