BIZMANDU
www.bizmandu.com

प्रविधिमा आधारित वित्तीय सेवा राष्ट्र बैंकको प्राथमिकतामा, कस्तो रह्यो फिनटेक इनोभेसन शोकेस?

२०८३ कात्तिक १६

प्रविधिमा आधारित वित्तीय सेवा राष्ट्र बैंकको प्राथमिकतामा, कस्तो रह्यो फिनटेक इनोभेसन शोकेस?
प्रविधिमा आधारित वित्तीय सेवा राष्ट्र बैंकको प्राथमिकतामा, कस्तो रह्यो फिनटेक इनोभेसन शोकेस?


काठमाडौं। नेपाल राष्ट्र बैंकले फिनटेक इनोभेसन शोकेस इभेन्ट गरेको छ।

GBIME
Tata

प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्धन र फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तनलाई प्रदर्शन गर्ने उद्देश्यसहित राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार फिनटेक इनोभेसन शोकेस इभेन्ट गरेको हो।

राष्ट्र बैंकको मुख्यालयमा आयोजित कार्यक्रममा गभर्नर डा. विश्वनाथ पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताए।

उनले नवप्रवर्तनमा आधारित नियामकीय र सुपरिवेक्षकीय प्रणाली विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको बताए।

गभर्नर पौडेलले फिनटेकको विस्तारसँगै यसबाट सिर्जित चुनौती व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी राष्ट्र बैंकसामु आएको पनि बताए।

‘एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कातर्फ वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ,’ उनले भने।

कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेकको प्रवर्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत र संरचनागत प्रयासबारे
चर्चा गरे।

शोकेस इभेन्ट अन्तर्गत वित्तीय संस्था र फिनटेक कम्पनीका २७ वटा स्टल प्रदर्शनीमा राखिएको थियो।

डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी र जोखिम व्यवस्थापन, प्रविधिमा आधारित नियमन सेवामा ती संस्था/कम्पनीबाट भएका नवप्रवर्तनलाई प्रदर्शनीमा समेटिएको थियो।

एक हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको राष्ट्र बैंकले जनाएको छ।

कार्यक्रमकै सिलसिलामा ‘डिजिटल लेन्डिङ एण्ड क्रेडिट फर अन्डरसर्भ्ड’ विषयमा प्यानल छलफलसमेत सञ्चालन गरिएको
थियो।

फिन्टेक अलायन्स नेपालका मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र अलायन्सका अध्यक्ष अमित अग्रवाल प्यानलिस्ट थिए।