BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिमसामू चितवनको सामान्य लक्ष्य, अर्धशतकबाट एक रनले चुके बोपारा

२०८३ कात्तिक १६

सुदूरपश्चिमसामू चितवनको सामान्य लक्ष्य, अर्धशतकबाट एक रनले चुके बोपारा
सुदूरपश्चिमसामू चितवनको सामान्य लक्ष्य, अर्धशतकबाट एक रनले चुके बोपारा


काठमाडौं। चितवन राइनोजले सुदूरपश्चिमसामू १३० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुरुवाती ब्याटिङ गर्दै चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाउँदा डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर रजाले समान १५ रन बनाए। विकेट हातमा रहँदा रहँदै पनि सुस्त ब्याटिङ गरेको चितवन ठूलो स्कोरसम्म पुग्न सकेन।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिँदा हेमन्त धामी, अनिल खरेल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। आज डेब्यु खेलमै चितवनको कप्तानी सिकन्दर रजाले सम्हालिरहेका छन्।

सुदूरपश्चिम केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।