BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकको बेसरेट ४ प्रतिशतबाट मुन्तिर, ग्राहकलाई कुनबाट कर्जा लिंदा सस्तो?

२०८३ कात्तिक १६

वाणिज्य बैंकको बेसरेट ४ प्रतिशतबाट मुन्तिर, ग्राहकलाई कुनबाट कर्जा लिंदा सस्तो?
वाणिज्य बैंकको बेसरेट ४ प्रतिशतबाट मुन्तिर, ग्राहकलाई कुनबाट कर्जा लिंदा सस्तो?


काठमाडौं। वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) ४ प्रतिशतभन्दा तल आएको छ। निरन्तर घट्दै आएको निक्षेपको ब्याजदरका कारण लागत कम हुँदा बैंकको बेसरेट ४ प्रतिशतभन्दा तल आइपुगेको हो।

GBIME
Tata

राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको बेसरेट ३.९६ प्रतिशतमा आएको छ। यो पछिल्लो तीन महिनाको औसत बेसरेट हो। पछिल्लो तीन महिनाको औसत दरका आधारमा बैंकहरुले कर्जाको ब्याजदर तय गर्छन्।

राष्ट्रिय वाणिज्य बैंकले ३.९६ प्रतिशत बेसरेटमा न्यूनतम ०.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिइरहेको छ। यस बैंकबाट कर्जा लिंदा ऋणीले ४.४६ प्रतिशतदेखि अधिकतम ७.७६ प्रतिशतमासम्म ब्याज तिर्नुपर्छ।

स्टान्डर्ड चार्टर्ड बैंकले न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर कात्तिक महिनाका लागि ब्याजदर तय गरेको छ। स्टार्डर्ड चार्टर्डमा कर्जाको ब्याजदर ४.९६ देखि ६.९६ प्रतिशतसम्म छ।

बेसरेट जति कम हुन्छ कर्जा त्यति नै सस्तो हुन्छ। धेरैजसो बैंकले बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम जोडेर कर्जा दिइरहेका छन्।

एभरेष्ट, नबिल र नेपाल बैंकको बेसरेट पनि साढे ४ प्रतिशतभन्दा कम छ।

एक दर्जन बैंकको बेसरेट साढे ४ देखि ५ प्रतिशतभित्र छ। नेपाल एसबिआई, हिमालयन र एनआइसी एसिया बैंकको बेसरेट ५ देखि ५.६० प्रतिशतसम्म छ।

बैंकपछिल्लो तीन महिनाको औसत बेसरेट
राष्ट्रिय वाणिज्य३.९६
स्टान्डर्ड चार्टर्ड३.९६
एभरेष्ट४.१८
नबिल४.४१
नेपाल४.३८
नेपाल इन्भेष्टमेन्ट मेगा४.५१
ग्लोबल आइएमई४.६१
कृषि विकास४.५९
सानिमा४.६०
माछापुच्छ्रे४.९२
सिद्धार्थ४.८८
प्राइम४.८४
प्रभु४.९३
लक्ष्मी सनराइज४.८८
एनएमबि४.९५
सिटिजन्स४.९१
कुमारी४.८३
नेपाल एसबिआई५.०८
हिमालयन५.०४
एनआइसी एसिया५.६०
स्रोत : बैंकहरुको वेबसाइट