BIZMANDU
www.bizmandu.com

टस जितेर सुदूरपश्चिम बलिङमा, डेब्यु खेलमै चितवनको कप्तान बने सिकन्दर

२०८३ कात्तिक १६

टस जितेर सुदूरपश्चिम बलिङमा, डेब्यु खेलमै चितवनको कप्तान बने सिकन्दर
टस जितेर सुदूरपश्चिम बलिङमा, डेब्यु खेलमै चितवनको कप्तान बने सिकन्दर


काठमाडौं। सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर चितवनलाई पहिला ब्याटिङको निम्ता दिएको हुन्।

GBIME
Tata

चितवनबाट आज डेब्यु खेलमै जिम्मब्वेका अलराउण्डर सिकन्दर रजाले कप्तानको जिम्मेवारी सम्हालेका छन्। यसअघि रवि बोपराले कप्तानी सम्हाल्दै आएका थिए। नियमित कप्तान कुशल मल्लले कुनै खेल खेलेका छैनन्।

चितवनमा सिकन्दर रजाले डान मौस्लेको स्थान लिएका छन्। त्यस्तै, सुदूरपश्चिममा ब्राण्डन म्याकमुलनले थिरन्दु रत्नाइकेको स्थान लिएका छन्।

सुदूरपश्चिमको प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अभिनास बोहरा, सैफ जैब, ब्राण्डन म्याकमुलन, स्कट कुगेलेइन, सेरफन रदरफोर्ड, अनिल खरेल

चितवनको प्लेइङ ११

सिकन्दर रजा (कप्तान), रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, डेविड मलान, टम टेयलर