BIZMANDU
www.bizmandu.com

जिज्ञानकुमार थापा जापानका लागि राजदूत बन्ने प्रक्रियाबाट अलग, फिर्ता लिए नाम

२०८३ कात्तिक १६

जिज्ञानकुमार थापा जापानका लागि राजदूत बन्ने प्रक्रियाबाट अलग, फिर्ता लिए नाम
जिज्ञानकुमार थापा जापानका लागि राजदूत बन्ने प्रक्रियाबाट अलग, फिर्ता लिए नाम


काठमाडौं। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले नाम फिर्ता लिएका छन्। थापाले सोमबार सिंहदरबार पुगेर नाम फिर्ता लिएका हुन्।

GBIME
Tata

संसदीय सुनुवाइ समितिको बैठकमा थापाले नाम फिर्ता लिएको जानकारी गराइएको छ। थापाविरूद्ध जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै उजुरी परेको थियो।

तर, उनले उनले संसदीय सुनुवाइ समितिको यसअघिको बैठकका सुनुवाइका क्रममा पीआर त्यागेको बताएका थिए। सभामुख डीपी अर्यालले राजदूत बनाउन जोडबल गरेका थापाले विवादमा तानिएपछि सोमबार समितिमा पुगेर आफ्नो नाम फिर्ता लिएका हुन्।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दा थापा पनि परेका थिए। संसदीय सुनुवाइ समितिले १३ मध्ये १० जनाको नाम असोज २८ गते अनुमोदन गरेको थियो।

समितिले साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेललाई भने अस्वीकृत गरेको थियो।