BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ३२.६५ अंकको पहिरो, नेप्से २६५७.५० विन्दुमा, ७ अर्ब १८ करोड रुपैयाँको कारोबार

२०८३ कात्तिक १६

सेयर बजारमा ३२.६५ अंकको पहिरो, नेप्से २६५७.५० विन्दुमा, ७ अर्ब १८ करोड रुपैयाँको कारोबार
सेयर बजारमा ३२.६५ अंकको पहिरो, नेप्से २६५७.५० विन्दुमा, ७ अर्ब १८ करोड रुपैयाँको कारोबार


काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक सोमबार ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा आएको हो। कारोबारमा आएका सबै समूहले बजार घटाएका हुन्।

GBIME
Tata

विकास बैंकको सूचक सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ। बजारमा २५२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सानिमा लार्ज क्याप फण्डको मूल्य सबैभन्दा धेरै ४.८६ प्रतिशतले घटेको छ।

बजारमा २१ कम्पनीको सेयर मूल्य बढेको छ। बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १३.५८ प्रतिशतले बढेको छ। बजारमा ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

घलेम्दी हाइड्रोपावरको ३७ करोड ६३ लाख र ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।