BIZMANDU
www.bizmandu.com

बिचौलियासँग न्यायाधीशको कनेक्सनबारे सर्वोच्चको फूलकोर्टले भन्यो- निष्पक्ष छानबिन होस्

२०८३ कात्तिक १६

बिचौलियासँग न्यायाधीशको कनेक्सनबारे सर्वोच्चको फूलकोर्टले भन्यो- निष्पक्ष छानबिन होस्
बिचौलियासँग न्यायाधीशको कनेक्सनबारे सर्वोच्चको फूलकोर्टले भन्यो- निष्पक्ष छानबिन होस्


काठमाडौं। बिचौलिया इनम सापकोटासँगको संवाद र भेटघाट बाहिरिएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु छानबिनका लागि तयार भएका छन्।

GBIME
Tata

सर्वोच्च अदालतका न्यायाधीशहरुको सोमबार बसेको पूर्ण (फूलकोर्ट) बैठकले छानबिनका लागि सम्बद्ध निकायलाई आग्रह गरेको छ।

‘सार्वजनिकरुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवम स्वतन्त्र ढंगवाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं,’ फूलकोर्टको बैठकको निर्णयमा भनिएको छ।

फूलकोर्टले छानबिनको निष्कर्ष प्राप्त नभएसम्म कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न समेत आग्रह गरेको छ।

फूलकोर्टले संविधान र कानुन बमोजिम हुने छानबिन र अनुसन्धानमा कानुन बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता एवम् सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध रहेको बताएको छ।

फूलकोर्टले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैसँग आग्रह गरेको छ।

‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौं। संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं,’ बैठकको पहिलो निर्णयमा भनिएको छ।