काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा निगमले प्रक्रिया अघि बढाइएको हो।
निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा संचालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो।
निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको थियो।
निगमको यस पहलले ग्यासको बिक्री प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।