BIZMANDU
www.bizmandu.com

सरकारको स्वेच्छाचारिता लगायत विषयमा छलफल गर्न कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

२०८३ कात्तिक १६

सरकारको स्वेच्छाचारिता लगायत विषयमा छलफल गर्न कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक
सरकारको स्वेच्छाचारिता लगायत विषयमा छलफल गर्न कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहार लगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ।

GBIME
Tata

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दैछ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ।

आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ दल रास्वपाको भूमिका, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानको विषयमा छलफल हुनेछ।