BIZMANDU
www.bizmandu.com

अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा, शनिबारदेखि पहिरोका कारण थियो बन्द

२०८३ कात्तिक १५

अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा, शनिबारदेखि पहिरोका कारण थियो बन्द
अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा, शनिबारदेखि पहिरोका कारण थियो बन्द


बनेपा। अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो पन्छाएपछि आइतबार बेलुकादेखि यातायात सञ्चालनमा आएका छन्।

GBIME
Tata

शुक्रबार र शनिबारको वर्षाले काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानदेखि आवागमन अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो हटाउन सुरु गरिएको थियो। सडक खुलाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो।

रोशी गाउँपालिका-९ पिन्थलीमा खहरे खोलाको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नम्बर ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि पुनःयातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस