काठमाडौं। जनकपुर बोल्ट्सले पोखरासामू १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाउने क्रममा ५५ बलमा ६१ रन बनाए। त्यस्तै, अभिषेक तिवारीले अविजित २४ रन बनाउँदा मोइन अलीले २१ तथा जिम्मी निशमले ११ रन बनाए।

जनकपुरलाई ठूलो स्कोरसम्म पुग्न नदिन पोखराका सकिव अल हसनले घातक बलिङ गरे। हसनले आफ्नो स्पेल बलिङ गर्दै मात्रै १५ रन दिएर ३ विकेट लिए। त्यसबाहेक चकिका करुणारत्ने, मेहदी हसन र मोहम्मद सैफुद्धिनले समान १ विकेट लिए।

पोखरा केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।
कीर्तपुरस्थित टीयू क्रिकेट मैदान आज सामान्य स्थितिमा फर्किएको छ। आजको खेलमा पोखरा दोस्रो खेलबाट पहिलो जितको खोजीमा छ भने जनकपुर तेस्रो खेलबाट दोस्रो जितको खोजीमा छ।

पोखराको प्लेइङ ११
कुशल भुर्तेल, विपिन खत्री, किरण ठगुन्ना, दीनेश खरेल, अर्जुन मगर, विपिन आचार्य, प्रतीक पोख्रेल, सकिव अल हसन, मेहदी हसन, मोहम्मद सैफउद्दीन, चामिका करुणारत्ने
जनकपुरको प्लेइङ ११
हरमीत सिंह, जिम्मी निशम, सैफ हसन, मोइन अली, ललित राजवंशी, अनिल साह, मयन यादव, तृतराज दास, अभिषेक तिवारी, राहुल यादव, अमरसिंह रौटेला