BIZMANDU
www.bizmandu.com

सफ्टवेयर डेभलपमेन्ट कम्पनीले तयार पार्‍यो ई-पीजी प्रणाली, यसै सातादेखि पूर्ण कार्यान्वयनमा आउने

२०८३ कात्तिक १५

सफ्टवेयर डेभलपमेन्ट कम्पनीले तयार पार्‍यो ई-पीजी प्रणाली, यसै सातादेखि पूर्ण कार्यान्वयनमा आउने
सफ्टवेयर डेभलपमेन्ट कम्पनीले तयार पार्‍यो ई-पीजी प्रणाली, यसै सातादेखि पूर्ण कार्यान्वयनमा आउने


काठमाडौ। ठूला ठेक्का ह्याकिङ गरेर लिन थालेपछि बन्द गरेको अनलाइन प्रणाली(ई-जीपी) नयाँ स्वरुपमा यही सातादेखि संचालनमा आउने भएको छ।

GBIME
Tata

सफ्टवेयर डेभलपमेन्ट कम्पनीले दुई महिना लगाएर तयार पारेको अनलाइन प्रणाली यही सातादेखि पूर्ण कार्यान्वयनमा आउने भएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबु पुडासैनीले अर्को सातादेखि संचालनमा ल्याउनेगरी प्रणाली तयार भएको जानकारी दिए। ‘ई-जीपी प्रणाली लाइभ भएको छ। यही सातादेखि प्रणाली पूर्ण कार्यान्वयनमा आउनेछ,’ उनले बिजमाण्डूसँग भने, ‘अबको प्रणालीमा ह्याकिङ गर्ने सम्भावना न्यून छ।’

उनका अनुसार कार्यालयका प्राविधिकले धेरै चरणमा परीक्षण गरेर संचालनमा ल्याउन लागिएको हो। ‘ठेक्काजस्तो संवेदनशील विषयमा ह्याक गरेर आफ्नो अनुकुल पारिरहेको भेटिएपछि हामीले पुरानो प्रणाली बन्द गरेका थियौं,’ पुडासैनीले भने, ‘अर्बका ठेक्कामा देखिएको यो विकृति हटाउन सरकारी संयन्त्र सफल देखिएको छ।’

पूरानो प्रणालीको ठेक्का ह्याकका लागि स्थानीय र अन्तर्राष्ट्रिय ह्याकरहरु रहेका थिए। उनीहरुले अर्बौको ठेक्का ह्याक गर्दा निश्चित रकम लिने गर्थे। त्यही रकमका आधारमा ठेक्का हाल्ने अन्तिम समयमा ठूलो चलखेल हुने गरेको थियो। विगतको सरकारले ठेक्कामा भइरहेको अपराधलाई पनि नरोकेपछि देशभित्रका राम्रा कम्पनी समेत ह्याकिङमा संलग्न थिए।