BIZMANDU
www.bizmandu.com

पटक पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरेपछि तोडियो दुई पुल र एक सडकको ठेक्का

२०८३ कात्तिक १५

पटक पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरेपछि तोडियो दुई पुल र एक सडकको ठेक्का
पटक पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरेपछि तोडियो दुई पुल र एक सडकको ठेक्का


काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र तीन आयोजनाको ठेक्का सम्झौता तोडिएको छ।

GBIME
Tata

पटक पटक म्याद थप गर्दा पनि काम नभएपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले चन्द्रनिगाहपुर-गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर-सुकदेव चोक-लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार-बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडेको हो।

लमाहा खोला पुल र लौकाहा खोला पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभीसँग ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर दुवै पुल निर्माणका लागि पटक पटक म्याद थपिएकामा त्यो म्याद २०८० असार ३० गते सकिएको थियो। पुल निर्माणको काम अलपत्र हुँदा स्थानीयले आवागमनमा सास्ती भोग्दै आएका छन्।

महेन्द्र राजमार्गको धनसार-बागमती खण्डमा सडक स्तरोन्नतिको ठेक्का सम्झौता पनि तोडिएको छ। गत आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गरिएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट अगाडि बढाउने बताएका छन्।