काठमाडौं। जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।
कीर्तपुरस्थित टीयू क्रिकेट मैदान आज सामान्य स्थितिमा फर्किएको छ। आजको खेलमा पोखरा दोस्रो खेलबाट पहिलो जितको खोजीमा छ भने जनकपुर तेस्रो खेलबाट दोस्रो जितको खोजीमा छ। पहिलो संस्करण जनकपुरबाट, दोस्रो सिजन पोखराबाट र तेस्रो सिजनमा जनकपुर नै फर्किएका जिम्मी निशम प्लेइङ ११ मा फर्किएका छन्। अघिल्लो खेलमा उनी प्लेइङ ११ मा थिएनन्।
पोखराको प्लेइङ ११
कुशल भुर्तेल (कप्तान), विपिन खत्री, किरण ठगुन्ना, दीनेश खरेल, अर्जुन मगर, विपिन आचार्य, प्रतीक पोख्रेल, सकिव अल हसन, मेहदी हसन, मोहम्मद सैफउद्दीन, चामिका करुणारत्ने
जनकपुरको प्लेइङ ११
हरमीत सिंह (कप्तान) , जिम्मी निशम, सैफ हसन, मोइन अली, ललित राजवंशी, अनिल साह, मयन यादव, तृतराज दास, अभिषेक तिवारी, राहुल यादव, अमरसिंह रौटेला