BIZMANDU
www.bizmandu.com

विकास बैंकले तीन महिनामा कमाए १ अर्ब ६७ करोड रुपैयाँ नाफा, घटेन खराब कर्जा

२०८३ कात्तिक १५

विकास बैंकले तीन महिनामा कमाए १ अर्ब ६७ करोड रुपैयाँ नाफा, घटेन खराब कर्जा
विकास बैंकले तीन महिनामा कमाए १ अर्ब ६७ करोड रुपैयाँ नाफा, घटेन खराब कर्जा


काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकले खुद नाफा ११३.२५ प्रतिशतले बढाएका छन्। असोज मसान्तसम्म बैंकहरुले १ अर्ब ६७ करोड खुद नाफा गरेका हुन्।

GBIME
Tata

पोहोर यसै अवधिमा विकास बैंकहरुले ७८ करोड ३२ लाख रुपैयाँ नाफा गरेका थिए। ब्याज आम्दानीमा झिनो सुधार भए पनि खासगरी प्रोभिजनिङ (कर्जा नोक्सानी) रकम घट्दा नाफामा बढोत्तरी भएको हो।

असोज मसान्तसम्म ५ वटा बैंकले नाफा बढाउँदा ३ वटाको खुम्चिएको छ। ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १८४.६४ प्रतिशतले वृद्धि भएको छ।

नाफा मुक्तिनाथ विकास बैंकको नाफा ४३.४८, महालक्ष्मी विकास बैंकको २१.४४ र कामना सेवा विकास बैंकको १७.०१ प्रतिशतले बढेको छ। लुम्बिनी विकास बैंकले सबैभन्दा धेरै ३२ करोड ७१ लाख नाफा कमाएको छ।

नाफा सांग्रिला डेभलपमेन्ट बैंकको ६२.१३, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २.६६ प्रतिशत र गरिमा विकास बैंकको ४.१५ प्रतिशतले घटेको छ।

विकास बैंक२०८३/८४ असोजसम्मको नाफा
(रु. दश लाखमा)
२०८२/८३ असोजसम्मको नाफा
(रु. दश लाखमा)
फरक
(प्रतिशत)
कामना सेवा२३१११९७५१७.०१
सांग्रिला३३४८८२-६२.१३
शाइन१९७६२०३०-२.६६
मुक्तिनाथ३२२४२२४७४३.४८
महालक्ष्मी११८४९७५२१.४४
लुम्बिनी३२७१-३४८५–
ज्योति२००१७०३१८४.६४
गरिमा२४०१२५०५-४.१५
औसत१६७०२७८३२११३.२५
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

राष्ट्रियस्तरका विकास बैंकले ब्याज आम्दानी केही बढाएका छन्। पोहोर पहिलो त्रैमासमा ५ अर्ब ४७ करोड ब्याज आम्दानी गरेका विकास बैंकले चालु आवको सोही अवधिमा ५ अर्ब ५७ करोड आम्दानी गरेका छन्।

बैंकहरुको प्रोभिजनिङ रकम घटाएका छन्। पोहोर ३ महिनामा २ अर्ब ५३ करोड रुपैयाँ प्रोभिजनिङ गरेका विकास बैंकले चालु आवको असोज मसान्तसम्म १ अर्ब १३ करोड छुट्याएका छन्।

विकास बैंक२०८३/८४ असोजसम्मको ब्याज आम्दानी
(रु. दश लाखमा)
२०८२/८३ असोजसम्मको ब्याज आम्दानी
(रु. दश लाखमा)
२०८३/८४ असोजसम्मको प्रोभिजनिङ रकम
(रु. दश लाखमा)
२०८२/८३ असोजसम्मको प्रोभिजनिङ रकम
(रु. दश लाखमा)
कामना सेवा६२६४६१७६४९४११०६
सांग्रिला५०९८५४९१२१५६२२९६
शाइन६६२५६४५२१२२०१५५३
मुक्तिनाथ१२१७६११८५५१३५४५४११
महालक्ष्मी५१०४५०१९१०६७१५७८
लुम्बिनी४९४४४५३८८८०७०८९
ज्योति६३१८५२५९१६७६३०१७
गरिमा९२०८९९८५२५४२३३३१
जम्मा५५७३७५४७७५११३८९२५३८१
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

विकास बैंकहरुको खराब कर्जा बढेको छ। पोहोर असोज मसान्तसम्म ५.७४ प्रतिशत रहेको औसत खराब कर्जा अहिले ५.८१ प्रतिशत पुगेको छ।

विकास बैंक२०८३/८४ असोजसम्म
खराब कर्जा (प्रतिशतमा)
२०८२/८३ असोजसम्म
खराब कर्जा (प्रतिशतमा)
कामना सेवा३.९३४.४१
सांग्रिला७.६४६.८६
शाइन४.७१४.६१
मुक्तिनाथ४.७३४.०३
महालक्ष्मी६.४९५.५
लुम्बिनी६.९९७.७८
ज्योति७.१७७.९७
गरिमा४.८१४.७३
औसत५.८१५.७४
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण