BIZMANDU
www.bizmandu.com

ब्याज आम्दानी गिरावट हुँदा प्रोभिजनिङले बैंकहरुको नाफामा राहत, कुन बैंकको कति ?

२०८३ कात्तिक १५

ब्याज आम्दानी गिरावट हुँदा प्रोभिजनिङले बैंकहरुको नाफामा राहत, कुन बैंकको कति ?
ब्याज आम्दानी गिरावट हुँदा प्रोभिजनिङले बैंकहरुको नाफामा राहत, कुन बैंकको कति ?


काठमाडौं । ब्याज आम्दानी प्रभावित हुँदा समेत वाणिज्य बैंकहरुले नाफा बढाएका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्तसम्म) वाणिज्य बैंकहरुले ४५.६ प्रतिशतले नाफा बढाएर १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेका हुन्।

GBIME
Tata

पोहोर सोही अवधिमा १३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा गरेका थिए। प्रोभिजनिङ घटेका कारण बैंकहरुले नाफा बढाएका छन्।

ब्याज आम्दानीमा गिरावट आएको छ। पछिल्लो २/३ वर्षदेखि सुस्त रहेको कर्जा लगानीले बैंकहरुको ब्याज आम्दानी भने घटेको छ। कोष लागत घटेर नोक्सानी कमि हुँदा बैंकहरुको नाफामा भने बढोत्तरी भएको छ।

साथै, बैंकहरुले फी-आम्दानी कमिसन समेत बढाएका छन्। सेवा शुल्क वापतको आम्दानी वृद्धि हुँदा त्यसले नाफा बढाउन सहयोग गरेको छ।

पहिलो त्रैमाससम्ममा १६ वटा बैंकले नाफा बढाउँदा ४ वटाको भने खुम्चिएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै २५२२.४६ प्रतिशतले नाफा कमाएको छ। पोहोर ३ महिनामा ४ करोड ५० लाख रुपैयाँ नाफा गरेको यस बैंकको नाफा चालु आवको पहिलो त्रैमाससम्मा १ अर्ब १८ करोड पुगेको छ।

त्यसैगरी, कृषि विकास बैंकको नाफा १८०६.२८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२, सिद्धार्थ बैंकको नाफा १६२.७५ प्रतिशत र सानिमा बैंकको नाफा १३१.१३ प्रतिशत बढेको छ।

सबैभन्दा धेरै नाफा नबिल बैंकले २ अर्ब ५५ करोड रुपैयाँ गरेको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड रुपैयाँ नाफा गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनाल ऋण असुलीसँगै कर्जा नोक्सानी आएको कमिले नाफा बढेको बताउँछन्।

‘अधिक तरलता भएपनि कोष लागत घटिरहेको कारण खर्च कम भएको छ। व्यवसाय अपेक्षाजनक नरहेपनि असुली ठिकठाक छ,’ उनले भने,’ प्रोभिजनिङ कमि आइ नाफा राम्रो भएको हो।’

बैंकहरुको ब्याज खर्च घटेर कोष लागत कम हुँदा त्यसले ठूलो राहात गरेको छ।

स्टान्डर्ड चार्टर्ड, हिमालयन र प्राइम कमर्सियल बैंकको नाफा भने संकुचित भएको छ। सिटिजन्स बैंकको नाफा सबैभन्दा धेरै १४८.८६ प्रतिशत र प्राइमको नाफा ५.६२ प्रतिशतले घटेको छ।

वाणिज्य बैंकहरु२०८३/८४
असोजसम्मको नाफा (दशलाखमा)
२०८२/८३ असोजसम्मको
असोजसम्मको नाफा (दशलाखमा)
फरक (प्रतिशतमा)
नेपाल८३२.१८५८८.२९४१.४६
राष्ट्रिय वाणिज्य१६४९.६३५९८.७३१७५.५२
नबिल२५५५.११,७५६.९९४५.४२
नेपाल इन्भेष्टमेन्ट११८१.४२४५.०५२५२२.४६
स्टान्डर्ड चार्टर्ड६७१.४४६९२.१७-२.९९
हिमालयन६५४.८३७०२.८९-६.८४
नेपाल एसबिआई५५२.२१५०१.५७१०.१
एभरेष्ट१२५२.७११,१७९.२७६.२३
एनआईसी एसिया१२७.४४१२२.१६४.३२
माछापुच्छ्रे५५१.१५४१७.९६३१.८७
कुमारी१०७४.५१,०५६.५३१.७
लक्ष्मी सनराइज६५३.३८३३२.३३९६.६१
सिद्धार्थ८५१.५६३२४.०९१६२.७५
कृषि१०९.२३५.७३१८०६.२८
ग्लोबल२३१३.८१,८५८.६५२४.४९
सिटिजन्स१०७.७-२२०.४१–
प्राइम११८७.६५१,२५८.४३-५.६२
एनएमबि११६४.२८९१५.९२७.१२
प्रभु६०३.७२५५८.४८८.१
सानिमा१०५१.४६४५४.९२१३१.१३
जम्मा१९१४५.३९१३१४९.७३४५.६
स्रोत: बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण