BIZMANDU
www.bizmandu.com

नबिल बैंकको नाफा ४५.४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि बढेर ३३.८९ रुपैयाँ

२०८३ कात्तिक १५

नबिल बैंकको नाफा ४५.४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि बढेर ३३.८९ रुपैयाँ
नबिल बैंकको नाफा ४५.४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि बढेर ३३.८९ रुपैयाँ


काठमाडौं । नबिल बैंकले ४५.४ प्रतिशतले नाफा बढाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

GBIME
Tata

पोहोर सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो। ब्याज आम्दानी बढेर कर्जा नोक्सानी घट्दा बैंकको नाफा बढेको हो।

बैंकको खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख पुगेको छ।

खुद शुल्क तथा कमिसन आम्दानी १५.१ प्रतिशत र खुद ट्रेडिङ आम्दानी ५५.३ प्रतिशतले बढेका छन्।

गत वर्षको पहिलो त्रैमासिकमा ६४ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेको बैंकले यस वर्ष १६ करोड ४० लाख मात्र छुट्याएको छ।

बैंकको कुल खराब कर्जा अनुपात ४.३१ बाट घटेर ४.०६ प्रतिशत झरेको छ।

बैंकको निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। जुन असार मसान्तको तुलनामा ४.६ प्रतिशत बढी हो। सोही अवधिमा कर्जा ३.४ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १ करोड पुगेको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्ष २५.४९ बाट बढेर ३३.८९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २३३.९० छ। बैंकको पुँजीकोष अनुपात ११.६७ प्रतिशतमा छ।

बैंकको कोषको लागत गत वर्षको ४.१३ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ। आधार दर पनि ५.५८ बाट ४.४१ प्रतिशतमा आएको छ। ब्याजदर अन्तर (स्प्रेड) भने ३.५१ बाट घटेर ३.१७ प्रतिशत कायम छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशत छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।