BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकको नाफा पहिलो त्रैमासमा बढ्यो, ४.३२ प्रतिशतले वृद्धि

२०८३ कात्तिक १५

एनआइसी एसिया बैंकको नाफा पहिलो त्रैमासमा बढ्यो, ४.३२ प्रतिशतले वृद्धि
एनआइसी एसिया बैंकको नाफा पहिलो त्रैमासमा बढ्यो, ४.३२ प्रतिशतले वृद्धि


काठमाडौं । एनआइसी एसिया बैंकले नाफा बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा बैंकको नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको हो।

GBIME
Tata

पोहोर सोही अवधिमा बैंकको यस्तो नाफा १२ करोड २१ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी खुम्चिएपनि प्रोभिजनिङ कमि भई नाफा बढेको हो।

असोज मसान्तसम्म बैंकले ९२ करोड ९४ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर सोही अवधिमा यस्तो नोक्सानी १ अर्ब १६ करोड रुपैंयाँ थियाे।

बैंकको खुद ब्याज आम्दानी १७.५४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २८ करोड रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १ अर्ब ८८ करोड खुम्चिएको छ।

बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ६.९९ प्रतिशतको तुलनामा बढेर ९.८१ प्रतिशत आएको छ।

बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ४.६० प्रतिशतबाट घटेर ३.७८ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ६.६० प्रतिशतबाट झरेर ५.५५ प्रतिशतमा पुगेको छ।

बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) भने ६०.२२ प्रतिशत छ। बैंकको वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी (ईपीएस) ३.३५ रुपैयाँ र पुँजी पर्याप्तता अनुपात ११.१२ प्रतिशत छ। तर, प्राथमिक पुँजीकोष अनुपात भने ६.२७ प्रतिशत मात्रै देखिन्छ। नियामकिय व्यवस्था अनुरुप प्राथमिक पुँजीकोष साढे ८ प्रतिशत हुनुपर्छ।

असोजसम्म बैंकको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोडले ऋणात्मक छ।