BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि २३.३५ रुपैयाँ पुग्यो

२०८३ कात्तिक १५

ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि २३.३५ रुपैयाँ पुग्यो
ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि २३.३५ रुपैयाँ पुग्यो


काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले नाफा बढाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमाससम्ममा बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ। पोहोर सोही अवधिमा बैंकको नाफा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ थियो।

GBIME
Tata

ब्याज आम्दानीमा आएको वृद्धिसँगै कर्जा नोक्सानी घट्दा नाफा बढेको हो। असोज मसान्तसम्म बैंकले ४८ करोड ८३ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएको छ। पोहोर यस्तो नोक्सानी १ अर्ब १ करोड रुपैयाँ थियो।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार भएको छ। पोहोर १५.५१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले बढेर २३.३५ रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको खराब कर्जा अनुपात समेत सुधार भएको छ। पोहोर ६ महिनासम्म ४.९८ प्रतिशत रहेको यस्तो अनुपात अहिले ४.७९ प्रतिशत झरेको छ।

साथै, बैंकको प्राथमिक पुँजीकोष अनुपात भने १०.४१ प्रतिशतबाट घटेर ९.३५ प्रतिशतमा झरेको छ। बैंकको कोष लागत ३.९२ प्रतिशतबाट ३.२६ प्रतिशतमा झरेको छ। जसले बैंकको बेसरेट सस्तिरहेको छ। पछिल्लो तीन महिनाको बैंकको औसत् आधार दर ४.६१ प्रतिशतमा आएको छ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड रुपैयाँ छ।