BIZMANDU
www.bizmandu.com

९ बजेपछि बल्ल सुरु भएको खेलमा विराटनगरको रन वर्षा, सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य

२०८३ कात्तिक १४

९ बजेपछि बल्ल सुरु भएको खेलमा विराटनगरको रन वर्षा, सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य
९ बजेपछि बल्ल सुरु भएको खेलमा विराटनगरको रन वर्षा, सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य


काठमाडौं। विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्ससामू १०६ रनको विशाल चुनौती प्रस्तुत गरेको छ। वर्षाका कारण भिजेको आउटफिल्ड र डेढ घण्टाको नोकझोकपछि ९ बजे खेलको टस सम्भव भएको थियो।

GBIME
Tata

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिए। ब्याटिङमा उत्रिएको विराटनगरे विस्फोटक ब्याटिङ गर्दै पहिलो ओभरमै ३५ रन बनायो। आफ्नो अन्दाजलाई पाँचौँ ओभरसम्म अघि बढाउँदै २ विकेट गुमाएर विराटनगरले १०५ रन बनायो।

विराटनगरका लागि ओपनर सेहान जयसूर्याले ११ बलमा ५ छक्का र २ चौकाको सहायतामा ३९ रन बनाउँदै अभिनास बोहराको बलमा एलबीडब्लु आउट भए। त्यस्तै, १० बलमा १ चौका र ३ छक्का प्रहार गरेका लोकेस बम २५ रन बनाएर बोहराकै बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट भए। आन्द्रे रसले १० बलमा २ चौका र ३ छक्कासहित २९ रन बनाएर अविजित रहे।

बिहीबार बेलुकाबाट निरन्तर परेको पानीले एनपीएको आजको पहिलो खेल त रद्ध नै भएको थियो। दोस्रो खेल पनि हुने-नहुने अन्योलबीच पाँच-पाँच ओभरको खेल हुने भएको थियो। इनिङ्सको बीचमा १० मिनेटको ब्रेक हुने गरी पहिलो बल ७:४१ मा हुने तय गरिएको थियो।

तर, अन्तिम समयमा आएर सुदूरपश्चिमले खेल्न अस्वीकार गर्दै डेढ घण्टासम्म मैदानमा ड्रामा चलेको थियो। सुदूरपश्चिमका खेलाडी र प्रशिक्षक मैदानबाट बाहिरिसकेका थिए भने विराटनगरका खेलाडी भने मैदानमै बसेका थिए।