BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकले ६.२३ प्रतिशतले वृद्धि गर्‍यो नाफा, खराब कर्जामा आयो सुधार

२०८३ कात्तिक १४

एभरेष्ट बैंकले ६.२३ प्रतिशतले वृद्धि गर्‍यो नाफा, खराब कर्जामा आयो सुधार
एभरेष्ट बैंकले ६.२३ प्रतिशतले वृद्धि गर्‍यो नाफा, खराब कर्जामा आयो सुधार


काठमाडौं। एभरेष्ट बैंकले नाफा बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा बैंकको नाफा ६.३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको हो।

GBIME
Tata

पोहोर सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी घटेपनि प्रोभिजनिङ घट्दा नाफा बढेको हो।

असोज मसान्तसम्म बैंकले २३ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर सोही अवधिमा यस्तो नोक्सानी ४२ करोड रुपैंयाँ थियाे।

बैंकको खुद ब्याज आम्दानी १.२६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४० करोड रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा घटेर २ अर्ब ३७ करोड खुम्चिएको छ।

बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ०.७४ प्रतिशतको तुलनामा केही घटेर ०.५ प्रतिशत आएको छ।

बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ३.६१ प्रतिशतबाट घटेर २.९७ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ४.८५ प्रतिशतबाट झरेर ४.२५ प्रतिशतमा पुगेको छ।

बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) भने ७५.४३ प्रतिशत छ। बैंकको वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी (ईपीएस) ३४.७८ रुपैयाँ र पुँजी पर्याप्तता अनुपात ११.७८ प्रतिशत छ।

असोजसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड देखिएको छ।