BIZMANDU
www.bizmandu.com

लगातार वर्षा भएपछि त्रिवि क्रिकेट मैदान जलमग्न, आजका दुई खेल प्रभावित हुने निश्चित

२०८३ कात्तिक १४

लगातार वर्षा भएपछि त्रिवि क्रिकेट मैदान जलमग्न, आजका दुई खेल प्रभावित हुने निश्चित
लगातार वर्षा भएपछि त्रिवि क्रिकेट मैदान जलमग्न, आजका दुई खेल प्रभावित हुने निश्चित


काठमाडौं। बिहीबारदेखि लगातार परेको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न हुँदा आजका दुई खेल प्रभावित हुने भएका छन्। शनिबार पनि वर्षा जारी रहेकाले निर्धारित समयमा खेल संचालन हुने सम्भावना न्यून देखिएको हो।

GBIME
Tata

शनिबार पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने तालिका छ। दोस्रो खेलमा अपराह्न ४:३० बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तय भएको छ।

तर, लगातारको वर्षाले मैदानमा पानी जमेकाले दुवै खेल संचालन गर्न कठिन हुने देखिएको छ। वर्षा नरोकिए खेल स्थगित हुनेछ।

बिहीबारदेखि जारी वर्षाले मैदानको अवस्था थप बिगारेको छ। पानी जमिरहेकाले वर्षा रोकिए पनि मैदान खेल्न योग्य बनाउन समय लाग्नेछ।

लगातारको वर्षाले आइतबारका लागि निर्धारित खेलसमेत प्रभावित हुने जोखिम बढाएको छ। मैदानमा जमेको पानी हटाउन र पिच तथा आउटफिल्ड खेल्न योग्य बनाउन समय लाग्नेछ।

यद्यपि, आजका खेल स्थगित वा रद्द गर्ने औपचारिक निर्णय भएको जानकारी प्राप्त भएको छैन। खेल संचालनबारे अन्तिम निर्णय मौसम र मैदानको अवस्था मूल्यांकन गरेपछि आयोजक तथा म्याच अधिकारीहरूले गर्नेछन्।