BIZMANDU
www.bizmandu.com

प्रहरी सञ्चार गृहमा प्रवेश गरेको घटनामा काउन्सिलको आपत्ति, ‘व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न’

२०८३ कात्तिक १३

प्रहरी सञ्चार गृहमा प्रवेश गरेको घटनामा काउन्सिलको आपत्ति, ‘व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न’
प्रहरी सञ्चार गृहमा प्रवेश गरेको घटनामा काउन्सिलको आपत्ति, ‘व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न’


काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार पक्राउ घटनाको विरोध जनाएको छ। सञ्चार गृहमा सादा पोशाकमा प्रहरी प्रवेश गरी सञ्चारकर्मी नियन्त्रणमा लिइएपछि काउन्सिलले प्रेस स्वतन्त्रता र पत्रकारको व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उठेको समेत जनाएको छ।

GBIME
Tata

आकस्मिक बैठकपछि काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ”पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय हो। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।’

विज्ञप्तिमा समाचारको विषयवस्तु काउन्सिलको क्षेत्राधिकार रहेको उल्लेख गरेको छ। नियन्‍त्रणमा लिइएका पत्रकार रिहाको माग पनि काउन्सिलले गरेको छ।