काठमाडौ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भ्याली कोल्ड स्टोरसहित तीन वटा फर्मसँग व्यवसायसँग सम्बन्धित काजपत्र मागेको छ।
विभागले शुक्रबार बजार अनुगमनका क्रममा नयाँ बजारस्थित भ्याली कोल्ड स्टोर, वनस्थलीस्थित साई बाबा खाद्य भण्डार र काठमाडौं महानगरपालिका-३१ मा रहेको पशुपतिनाथ बिजनेश ग्रुपलाई तीन दिनभित्र कागजपत्रसहित उपस्थित हुन निर्देशन दिएको हो।
भ्याली कोल्ड स्टोर र साई बाबा खाद्य भण्डारमा कैफियतको शंका लागेर व्यवसायसँग सम्बन्धित कागजपत्र मागेको विभागले जनाएको छ।
यस्तै चामलको व्यापार गर्ने पशुपतिनाथ बिजनेश ग्रुपले लाइटर, तास लगायत सामान बेचेको भेटिएपछि आयात अनुमतिपत्रसहितको कागजपत्र मागेको विभागका एक कर्मचारीले बताए।