काठमाडौं। पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन्।
सादा पोशाकमा खटिएका प्रहरीले शुक्रबार नेपाल प्रेसको कार्यालयबाट सुवेदीलाई नियन्त्रणमा लिएको हो। सुवेदीले लामो समयदेखि सुरक्षा बिटमा लेख्दै आएका थिए।
सादा पोशाकमा खटिएका प्रहरीले एसएसपीले बोलाएको भन्दै सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेलले बताए।
‘विषय के हो भन्ने थाहा छैन। तर दुई जना सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिए। समाचारको विषय भए मलाई जानकारी दिनुपर्ने हो। तर केही जानकारी छैन,’ पौडेलले भने।
दुई दिनअघि नेपाल प्रेसले प्रहरी महानिरीक्षकलाई हटाउन लागिएको समाचार लेखेको थियो।
त्यस्तै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोशाकमा प्रहरी पुगेका छन्।
यसअघि प्रहरीले जनआस्थाकाका सम्पदाक किशोर श्रेष्ठलाई पक्राउ गरेकामा उनी सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।