BIZMANDU
www.bizmandu.com

भवानी राणा नेतृत्वको पीटीईईएलले पायो विद्युत व्यापारको आशयपत्र, अरु लगानीकर्ता पनि शक्तिशाली

२०८३ कात्तिक १३

भवानी राणा नेतृत्वको पीटीईईएलले पायो विद्युत व्यापारको आशयपत्र, अरु लगानीकर्ता पनि शक्तिशाली
भवानी राणा नेतृत्वको पीटीईईएलले पायो विद्युत व्यापारको आशयपत्र, अरु लगानीकर्ता पनि शक्तिशाली


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेतृत्व गरेको पावर ट्रेडिङ एण्ड इको इनर्जी लिमिटेड(पीटीईईएल)ले विद्युत व्यापारको आशयपत्र (एलओआई) पाएको छ। कम्पनीले शुक्रबार एलओआई पाएको हो।

GBIME
Tata

सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि अनुमति दिने निर्णय गरेसँगै विभिन्न १४ वटा कम्पनीले आवेदन दिएका थिए। राणाले एलओआई पाएपछि विद्युत व्यापारका लागि अगाडि बढ्न बाटो खुलेको बताइन्।

कम्पनीको संचालकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह, इन्जिनियर कुलदीप शरद सिंह, सन्दीप शाह र पूर्वसचिव सुमन शर्मा छन्। कम्पनीमा शिखर इन्स्योरेन्स र एनआईएमबी बैंक संस्थागत लगानीकर्ता छन्।

एलओआई प्राप्त गरेसँगै कम्पनीले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र आवश्यक व्यावसायिक तयारी गर्न सक्नेछ।

कम्पनीले आशयपत्र प्राप्तका आधारमा विद्युत् खरिद-बिक्री गर्न भने पाउने छैनन्। विद्युत् व्यापार गर्न सम्बन्धित निकायको स्वीकृति र प्रसारण प्रणालीमा पहुँचसम्बन्धी प्रावधान पूरा गर्नुपर्नेछ।