काठमाडौं। एनआईसी एशिया बैंकले उदयपुरको चौदण्डीगढी-४, बसाहास्थित जाल्पा जन माध्यमिक विद्यालय अजिंगरेलाई एक थान स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ।
बैंकले विद्यार्थीहरूको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बोर्ड प्रदान गरिएको जनाएको छ।
२२२ जनाभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत उक्त विद्यालयमा बिहीबार एक विशेष कार्यक्रमका बीच बैंकका लहान सर्कल हेड लेखराज पौडेल र गाईघाट शाखा प्रमुख तेजेन्द्र राईले संयुक्त रुपमा प्रधानाध्यापक अर्जुन कुमार ओझालाई बोर्ड हस्तान्तरण गरेका हुन्।