BIZMANDU
www.bizmandu.com

विकास बैंक संघको अध्यक्षमा दिनेश थकाली, ९ सदस्यीय कार्यसमितिमा को को भए निर्वाचित?

२०८३ कात्तिक १३

विकास बैंक संघको अध्यक्षमा दिनेश थकाली, ९ सदस्यीय कार्यसमितिमा को को भए निर्वाचित?
विकास बैंक संघको अध्यक्षमा दिनेश थकाली, ९ सदस्यीय कार्यसमितिमा को को भए निर्वाचित?


काठमाडौं। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन्। थकाली कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन्।

GBIME
Tata

संघको शुक्रबार भएको २१औं बार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यय चुनिएका छन्। सचिवमा ज्योति विकास बैंकका कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका दिपेश लम्साल चयन भएका छन्।

सदस्यहरुमा मुक्तिनाथ विकास बैंकका तारा मानन्धर, लुम्बिनी विकास बैंकका सुमन आचार्य, साङ्ग्रिला डेभलपमेन्ट बैंकका रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकबा हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका अनन्तकुमार चापागाइँ चयन भएका छन्।

संघमा १७ विकास बैंक आबद्ध छन्। यसमध्ये ८ राष्ट्रियस्तरका हुन् भने बाँकी ९ क्षेत्रीय स्तरका विकास बैंक हुन्।