BIZMANDU
www.bizmandu.com

सेयर बजारमा साढे ६ महिनायताकै उच्च कारोबार, ८ अर्ब ८९ करोडको किनबेच

२०८३ कात्तिक १३

सेयर बजारमा साढे ६ महिनायताकै उच्च कारोबार, ८ अर्ब ८९ करोडको किनबेच
सेयर बजारमा साढे ६ महिनायताकै उच्च कारोबार, ८ अर्ब ८९ करोडको किनबेच


काठमाडौं। सेयर बजारमा साढे ६ महिनायताकै उच्च कारोबार भएको छ। बजारमा शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

GBIME
Tata

यो रकम गत वैशाख ३ यताकै उच्च हो। वैशाख ३ गते ९ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। सूचक त्यतिबेला २८३३ अंकमा थियो।

दशैंपछि लगातार तीन दिन बढेको सेयर बजार शुक्रबार भने घटेको छ। नेप्से परिसूचक २७१२ अंकमा पुगेकामा अन्तिममा २६९०.१५ अंक कायम भएको छ।

सूचक ५.४५ अंक घटेको हो। बजारमा १६९ कम्पनीको सेयर मूल्य घटेको छ। मेन्छियम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.०८ प्रतिशतले घटेको छ।

सूचक घटे पनि कारोबार रकम बढेको छ। बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो।

लुम्बिनी विकास बैंकको सबैभन्दा धेरै ३८ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, शिवम् सिमेन्टको ३० करोड ३९ लाख र घलेम्दी हाइड्रोपावरको २७ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।