BIZMANDU
www.bizmandu.com

प्रधानसेनापति सिग्देलले भने- विपद्‍पछिको उद्धारलाई प्रभावकारी बनाउन ‘चेन अफ कमाण्ड’ आवश्यक

२०८३ कात्तिक १३

प्रधानसेनापति सिग्देलले भने- विपद्‍पछिको उद्धारलाई प्रभावकारी बनाउन ‘चेन अफ कमाण्ड’ आवश्यक
प्रधानसेनापति सिग्देलले भने- विपद्‍पछिको उद्धारलाई प्रभावकारी बनाउन ‘चेन अफ कमाण्ड’ आवश्यक


काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले विपद्पछिको उद्धार प्रभावकारी बनाउन ‘चेनअफ कमाण्ड’ आवश्यक रहेको बताएका छन्।

GBIME
Tata

उनले शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा स्पष्ट जिम्मेवारीसहित ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका हुन्।

उनले विपद्को प्रकृति र जिम्मेवारीअनुसार ‘क्याटोगोरी’ छुट्याएर स्पष्ट गर्नुपर्ने तथा लामो ‘चेन अफ कमाण्ड’ले प्रतिकार्यमा ढिलाइ हुने भएकाले छरितो कमाण्ड संरचना आवश्यक रहेको बताए।

प्रधानसेनापति सिग्देलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र नियमावलीले विभिन्न निकायलाई समन्वयकारी भूमिका दिए पनि आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधिमा स्पष्ट ‘चेन अफ कमाण्ड’ नतोकिंदा फिल्डमा प्रतिकार्यको नेतृत्व कसले गर्ने भन्नेमा द्विविधा देखिएको अनुभव सुनाए।

उनले भोटेकोशी बाढीपछि ३५ नटिकल माइल क्षेत्रमा २१ वटा हेलिकोप्टर परिचालन गरिँदा हवाई क्षेत्र व्यवस्थापनमा कठिनाइ भएको उल्लेख गर्दै अनावश्यक ड्रोन उडानले उद्धार कार्यमा समस्या सिर्जना गरेकाले त्यस्तो समयमा प्रभावकारी ‘एयरस्पेस म्यानेजमेन्ट’को आवश्यकता महसूस भएको बताए।

उनले सेनाका एयरबेसलाई थप सुदृढ गर्दै आवश्यकताअनुसार जहाज तथा हेलिकोप्टर थप्न सुझाव दिए। उनले निजी हवाई कम्पनीमा कार्यरत पाइलटमध्ये करिब ४० प्रतिशत र प्राविधिक जनशक्तिमध्ये करिब ८० प्रतिशत नेपाली सेनाकै अनुभवी जनशक्ति भएको बताए।

प्रधानसेनापति सिग्देलले विपद्का बेला सुरुङ तथा जलमग्न संरचनामा तत्काल उद्धारका लागि विशिष्टिकृत टोली, क्षति तथा आवश्यकता मूल्यांकन टोली र आवश्यक उपकरण तयारी अवस्थामा राख्नुपर्ने भन्दै उच्च क्षमताका ‘स्लज पम्प’, सोलार प्रणाली, सीमित स्थानमा श्वासप्रश्वासका लागि प्रयोग हुने उपकरण, सुरुङ सञ्चार प्रणाली तथा थर्मल/लिडार ड्रोनजस्ता उपकरणो आवश्यकतामा जोड दिए।

विदेशी उद्धार टोली परिचालन गर्नुअघि आवश्यकता मूल्यांकन गरेर मात्रै आह्वान गर्नुपर्ने सेनाको सुझाव छ। यस्तै समन्वयबिना उद्धारस्थलमा प्रवेश गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने पनि सेनाको भनाइ छ।